माछापुच्छे बैंङ्कले ३ अर्बको ऋणपत्र ल्याउँदै, १०.५ प्रतिशत ब्याज दिने

१० वर्षसम्मका लागि निष्कासन गर्न लागेको हो । ऋणपत्रको अवधि ०८५ सालसम्म रहेको छ ।

काठमाडौं । माछापुच्छे बैंङ्कले ३ अर्ब रुपैयाँको ऋणपत्र (डिवेञ्चर) निष्कासन गर्ने भएको छ । ऋणपत्र निष्कासन गर्न बैंङ्कले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

बैंङ्कले वार्षिक १०.५ प्रतिशत ब्याज दिने गरी १० वर्षसम्मका लागि निष्कासन गर्न लागेको हो । ऋणपत्रको अवधि ०८५ सालसम्म रहेको छ । कुल निष्कासनको ४० प्रतिशत सर्वसाधारण र ६० प्रतिशत संस्थागत लगानीकर्तालाई निष्कासन हुने छ ।

लगानीयोग्य पुँजी जुटाउन बैंङ्कले ऋणपत्र निष्कासन गर्न लागेको हो । ऋणपत्र निष्कासन तथा बिक्री प्रवन्धकमा एनएमबी क्यापिटल लिमिटेड नियुत्त भएको छ ।