२० अर्ब ५३ करोडको बोनस सेयर, कसको कति (सुचिसहित)

आर्थिक वर्ष सुरु भएपछि साउनयता विभिन्न ६० कम्पनीले २० अर्ब ५३ करोड २० लाख ५० हजार रुपैयाँ बराबरको २१ करोड १३ लाख १५ हजार कित्ता बोनस सेयर वितरण गरेको नेप्सेले जनाएको छ । बोनस सेयर नेपाल धितोपत्र बोर्डमा दर्ता भएका छन ।

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सुचिकृत मध्ये ५ दर्जन कम्पनीले सेयरधनीलाई अर्बौ रुपैयाँ बराबरको बोनस सेयर वितरण गरेका छन् ।

आर्थिक वर्ष सुरु भएपछि साउनयता विभिन्न ६० कम्पनीले २० अर्ब ५३ करोड २० लाख ५० हजार रुपैयाँ बराबरको २१ करोड १३ लाख १५ हजार कित्ता बोनस सेयर वितरण गरेको नेप्सेले जनाएको छ । बोनस सेयर नेपाल धितोपत्र बोर्डमा दर्ता भएका छन ।

बोनस सेयर नेप्सेमा सुचिकृत भई कारोबार सुरु भइसकेका छन् । कम्पनीले अघिल्लो र गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई बोनस सेयर दिएका हुन । बोनस सेयर दिनेमा बैंङ्क तथा वित्तीय संस्था, बिमा कम्पनी जलविद्युत र होटल रहेका छन ।

बैंङ्क तथा वित्तीय संस्था र बिमा कम्पनीले चुत्तापुँजी बढाउन सेयरधनीलाई बोनस सेयर दिएका हुन । सबैभन्दा बढी बोनस सेयर दिनेमा वाणिज्य बैंङ्क अग्रपंतिमा रहेका छन् ।

बोनस सेयरको सूचि हेर्न यहाँ क्लिक गर्नुहोस

जलविद्युतले नयाँ आयोजना निर्माण गर्नका लागि लगानीकर्तालाई बोनस सेयर दिएका हुन् । सेयरधनीको चासो नगद लाभांश भन्दा पनि बोनस सेयरमा रहेको छ । गत आर्थिक वर्षमा ३३ अर्ब रुपैयाँ बढी बोनस सेयर वितरण भएको थियो ।