सेयर कर्जा २३ करोड घट्दा अटोलोन ७.८ प्रतिशत बढ्यो

अघिल्लो वर्षसम्म सेयर कर्जा ४१ अर्ब ८ करोड ५३ लाख रुपैयाँ भएकोमा यो वर्ष घटेर ४० अर्ब ८ करोड ५३ लाख रुपैयाँमा सिमित भएको हो ।

काठमाडौं । बैङ्क तथा वित्तीय संस्थाले दिने सेयर कर्जामा भारी गिरावट आएको छ । चालु आर्थिक वर्षको ८ महिनामा सेयर कर्जा २३ करोड १५ लाख रुपैयाँ घटेको छ । गत वर्षको सोही अवधिमा १ अर्ब ९९ करोड २१ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेकोमा यो वर्ष ऋणात्मक भएको नेपाल राष्ट्र बैंङ्कले जनाएको छ ।

अघिल्लो वर्षसम्म सेयर कर्जा ४१ अर्ब ८ करोड ५३ लाख रुपैयाँ भएकोमा यो वर्ष घटेर ४० अर्ब ८ करोड ५३ लाख रुपैयाँमा सिमित भएको हो । केन्द्रीय बैंङ्कले सेयर कर्जा सीमा ५० बाट बढाएर ६५ प्रतिशत, प्राथमिक पुँजीको ४० प्रतिशत सेयरमा लगानी गर्न पाउने लगायत थुप्रै नीतिगत सुधार गर्दा पनि बैंङ्कबाट कर्जा नभएको देखिएको छ ।

एकातिर बजारमा लगातार गिरावट आएको र बैंङ्कको ब्याजदर बढ्दो अवस्थामा गएपछि लगानीकर्ताले कर्जा लिन नसक्दा यसको असर देखिएको हो । केन्द्रीय बैंङ्कका अनुसार कर्जाको ब्याजदर औसत १२.३३ प्रतिशत छ ।

यस्तै सवारीसाधन कर्जा (अटोलोन) भने ७.८ प्रतिशत बढेर १३ अर्ब ३८ करोड ९७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा १३ अर्ब १४ करोड ७५ लाख रुपैयाँ अटोलोन प्रवाह भएको थियो ।

नेपालको बैंङ्किङ्ग प्रणालीमा १ खर्ब ८४ अर्ब ४२ करोड ११ लाख रुपैयाँ छ । व्यवसायिक प्रयोजनका लागि ९.२ र व्यक्तिगत सवारीसाधनमा ५.५ प्रतिशतले कर्जा बढेको छ । बैंङ्किङ्ग प्रणालीमा लगानीयोग्य पुँजीको अभाव भएपछि सेयर र अटोलोनमा कमी आएको हो ।