संस्थाले २ करोड ५० लाख रुपैयाँ बराबरको २ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
काठमाडौं । गुराँश लघुवित्त वित्तीय संस्था लिमिटेडले बैंशाख १६ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले २ करोड ५० लाख रुपैयाँ बराबरको २ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
आईपीओ निष्कासन बन्द छिटोमा बैशाख २० र ढिलोमा जेठ १४ गतेसम्म तोकिएको छ । न्युनतम १० देखि अधिकतम ५०० कित्तासम्म आईपीओका लागि आवेदन दिन पाइने निष्कासन तथा बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ ।
कुल निष्कासन मध्ये ०.५ प्रतिशत ३ हजार ८७५ कित्ता संस्थाका कर्मचारी र ५ प्रतिशत अर्थात १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई निष्कासन गर्ने एनआईबीएलले जनाएको छ ।
आईपीओ बाँडफाँडपछि चुत्तापुँजी ७ करोड ७५ लाख पुग्ने संस्थाले जनाएका छ ।
धनकुटामा रहेको गुराँशले आईपीओबाट सकलन हुने रकम पशुपालन, कृषि, खुद्रा व्यापार, सेवा, साना तथा घरेलु उद्योगमा लगानी गर्ने जनाएको छ ।