तारा एयरको जहाजको टायर पड्कियो

शोलुखुम्बुको लुक्लाबाट उडान भरेर रामेछापको मन्थलीमा अवतरण गर्ने क्रममा तारा यएरको डोनियर जहाजको टायर पड्किएको हो ।

काठमाडौं । तारा एयरलाइन्सको जहाजको टायर पड्किएको छ । शोलुखुम्बुको लुक्लाबाट उडान भरेर रामेछापको मन्थलीमा अवतरण गर्ने क्रममा तारा एयरको डोर्नियर जहाजको टायर पड्किएको हो ।

लुक्लाको लागि उडेको तारा एयरको नाइन एन ८८८ कल साइन भएको डोर्नियर जहाज मौसम खराब भएपछि मन्थली फर्किएको थियो । टायर पड्किएर जहाज धावनमार्गमै बसेकाले नहटाएसम्म मन्थली बिमानस्थल बन्द हुने छ । तारा एयरले जहाज निकाल्न प्राविधिक टोली त्यसतर्फ पठाएको जनाएको छ।

यता बिहान ३० ओटा उडानपछि ८.३० देखि नै मौसम खराबीको कारण लुक्ला बिमानस्थल बन्द गरिएको विमानस्थल प्रमुख इमानाथ अधिकारी ले जानकारी दिए।

जहाजको टाएर पड्किएर धावनमार्गबाट छेउमा पुगेर अड्डिएको यति एयरलाइन्सका भिम राईले जानकारी दिए । उनकाअनुसार अन्य मानवीय क्षेति भने भएको छैन ।