लुक्ला विमानस्थलका प्रमुख इमानाथ अधिकारीले बिहान करिब ८.३० देखी मौसमा खराब भएपछि उडान बन्द गर्नुपरेको जानकारी दिए ।१४ जना विदेशीसहित ३ चालक दल रहेको सो जहाजको टायर पड्किएर धावन मार्गको घासेमैदान छेउमा पुगेपनि कुनै मानवीय क्षति भएको छैन् ।
काठमाडौं । रामेछापको मन्थलीमा टायर पड्कीएको तारा एयरको जहाज लुक्लामा मौसम खराब भएपछि फर्र्किएको थियो । लुक्ला विमानस्थलका प्रमुख इमानाथ अधिकारीले बिहान करिब ८.३० देखी मौसमा खराब भएपछि उडान बन्द गर्नुपरेको जानकारी दिए ।
१४ जना विदेशीसहित ३ चालक दल रहेको सो जहाजको टायर पड्किएर धावन मार्गको घासेमैदान छेउमा पुगेपनि कुनै मानवीय क्षति भएको छैन् । हाल जहाज निकाल्ने काम भइरहेको र मंगलबारबाटै सो जहाज उड्न योग्य हुने तारा एयरका भिम राइले जानकारी दिए ।
अहिले मन्थली विमानस्थलमा उडान बन्द गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग मर्मत गर्न लागिएकोले लुक्लाका अधिकाशं उडानहरु मन्थलीबाट हुने गरेको छ । केही साताअघि मात्र लुक्लामा समिट एयरको जहाज दुर्घटना हुँदा ३ जनाको ज्यान गएको थियो ।