सेयर बजार वृद्धिमा लाग्यो ब्रेक, १०३ करोडको कारोबार

सोमबार १ अर्ब ३ करोड ७६ लाख रुपैयाँबराबरका ३२ लाख २२ हजार २५६ कित्ता सेयर किनबेच भएको छ । आइतबार १ अर्ब २ करोड ४ लाख रुपैयाँ सेयर कारोबार भएको थियो ।

काठमाडौं । लगातार बढिरहेको सेयर बजार सोमबार रोकिएको छ । आइतबार ३२ अङ्कले बढेको बजार सोमबार ७.२६ अङ्कले घटेको छ । बजार घटे पनि कारोबार रकम भने बढेको छ । सोमबार १ अर्ब ३ करोड ७६ लाख रुपैयाँबराबरका ३२ लाख २२ हजार २५६ कित्ता सेयर किनबेच भएको छ । आइतबार १ अर्ब २ करोड ४ लाख रुपैयाँ सेयर कारोबार भएको थियो ।

सोमबार सबैभन्दा बढी सेयर कारोबार नेपाल बैङ्कको भएको छ । नेपाल बैङ्कको प्रतिकित्ता ३०९ मा ९ करोड ३६ लाख ३४ हजार रुपैयाँको सेयर किनबेच भएको छ । सिभिल बैङ्कको १७१ रुपैयाँमा ३ करोड ८५ लाख ६५ हजार रुपैयाँको सेयर कारोबार भएको छ । बैङ्क तथा वित्तीय संस्थाको सेयर बढी कारोबार भएको छ ।

एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड र ग्लोबल आईएमई लघुवित्त संस्था लिमिटेडका लगानीकर्ताले कमाएका छन् ।