जनसेवी लघुवित्तले आईपीओ निष्कासन गर्ने

संस्थाले ४ करोड ६३ लाख ३० हजार रुपैयाँ बराबरको ४ लाख ३० हजार ६३० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

काठमाडौं । जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले ४ करोड ६३ लाख ३० हजार रुपैयाँ बराबरको ४ लाख ३० हजार ६३० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

नेपाल धितोपत्र बोर्डले जनसेवीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ । संस्थाले चुत्तापुँजीको ३२.१० प्रतिशत आईपीओ निष्कासन गर्न लागेको हो ।