हलिया कमैयाको यसै वर्षबाट पुनर्स्थापना हुने – मन्त्री अर्याल

सुदूर पश्चिम प्रदेशका ९ जिल्ला र कर्णाली प्रदेशका ३ जिल्लामा रहेका कमैया, हलियाको पहिचान दिएर उनीहरूलाई लामो समयसम्म पहिचान दिइरहनु उनीहरूको अपमान भएको भन्दै मन्त्री अर्यालले उनीहरूको पुनस्र्थापना सम्पन्न गरेर सीपमूलक रोजगारमूलक कार्यक्रममा सहभागी गराउनुपर्ने बताइन् ।

धनगढी । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले मुक्त भएको लामो समय भइसक्दा पनि कमैया, हलियाको पुनर्स्थापना हुन नसक्नु दुखद भएको भन्दै अब मुलुकमा हलिया कमैया नरहने बताएकी छन् ।

। उनले अब कमैया हलियाको समस्या यही आर्थिक वर्षभित्र सम्पन्न गर्नेगरी मन्त्रालय लागेको जानकारी दिइन् ।

सुदूर पश्चिम प्रदेशका ९ जिल्ला र कर्णाली प्रदेशका ३ जिल्लामा रहेका कमैया, हलियाको पहिचान दिएर उनीहरूलाई लामो समयसम्म पहिचान दिइरहनु उनीहरूको अपमान भएको भन्दै मन्त्री अर्यालले उनीहरूको पुनस्र्थापना सम्पन्न गरेर सीपमूलक रोजगारमूलक कार्यक्रममा सहभागी गराउनुपर्ने बताइन् ।

अब पनि पुनः सूचीकृत गर्ने कुरा नहुने भन्दै उनले गलत व्यक्ति परेका भए त्यसलाई सूचीबाट हटाएर पुनस्र्थापना सम्पन्न गरिने बताइन् ।

‘हिजो कमैया, हलिया नबसेकाहरूले कमैया हुँ भनेर नाम लेखाए भन्ने कुरा छ । यसबारेमा छानबिन गरेर पठाउनुस् सूचीबाट नाम हटाइन्छ,’ उनले भनिन्, ‘सँगै अहिलेसम्म पनि सम्पर्कमा नआउनेहरूको अब नाम काटिन्छ ।’

एक हप्ताभित्र पुर्जाको तयारी गर्न सम्बन्धित मालपोत कार्यालयलाई निर्देशन दिँदै मन्त्री अर्यालले उक्त कार्यमा लाग्न कार्यालयलाई आग्रह गरिन् ।

हलिया कमैयाका निम्ती छुट्याएका जग्गाहरूमा सुकुम्बासीहरू गएर बसे भन्ने सन्दर्भमा त्यसलाई कसरी समाधान गर्ने भन्ने कुरामा ति व्यक्तिहरू सुकुम्बासी हो वा होइन भनेर स्थानीय पालिकाले पहिचान गर्न मन्त्री अर्यालले आग्रह गरिन् । उनले सुकुम्बासीका निम्ती पनि विकल्पमा जग्गा भएको वा नभएको खोजी गर्नुपर्ने बताइन् ।

यसैगरी मन्त्री अर्यालले सार्वजनिक र सरकारी जग्गाको संरक्षण गर्न सरकार निर्ममतापूर्वक लागेको भन्दै अब कुनै पनि बहानामा सरकारी जग्गा हडप्ने कसैलाई नछाडिने बताइन् ।