बरामा २ अर्बको गहुँ उत्पादन

चालू आर्थिक वर्ष ०७५०७६ मा बाराका किसानले ३० हजार ५ सय ५० हेक्टर क्षेत्रफलमा गँहु खेती गरेका थिए । पटकपटक हावाहुरीसँगै परेको असिना पानीले उत्पादनमा केही कमी भएपनि प्रति हेक्टर २.८ मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्र कलैयाका कृषि विज्ञ गेनालाल मण्डलले बताए ।

बारा । बारा जिल्लामा यस वर्ष दुई अर्बको गँहु उत्पादन भएको छ । यो उत्पादन विगतको वर्षमा भन्दा केही कम हो । पटकपटक परेको असिनापानीका कारण उत्पादनमा केही कमी आएको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ ।

चालू आर्थिक वर्ष ०७५०७६ मा बाराका किसानले ३० हजार ५ सय ५० हेक्टर क्षेत्रफलमा गँहु खेती गरेका थिए । पटकपटक हावाहुरीसँगै परेको असिना पानीले उत्पादनमा केही कमी भएपनि प्रति हेक्टर २.८ मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्र कलैयाका कृषि विज्ञ गेनालाल मण्डलले बताए ।

अहिले बारामा दुई हजार ४ सय रुपैयाँमा प्रतिक्वीन्टल गहुँको कारोबार भई रहेकाले कुल उत्पादन ८५ हजार ५ सय ४० मेट्रिकटन गहुँको बजार भाउ दुई अर्ब ५ करोड २९ लाख ६० हजार बराबरको भएको मण्डलले बताए ।

गत वर्ष जिल्लामा ३० हजार २ सय ३० हेक्टर क्षेत्रफलमा गँहु खेती हुँदा प्रति हेक्टर २.९ मेट्रिकटनले ९० हजार ६ सय ७५ मेट्रिक टन गहु उत्पादन भएको थियो ।