शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई दियो १५ प्रतिशत लाभांश

पब्लिक कम्पनीमा परिणत भइसकेपछि भएको तेस्रो वार्षिक साधारण सभाले सर्वसाधारण सेयरधनीलाई समेत दिने गरी नगद लाभांश बाँड्ने निर्णय गरेको हो ।

काडमाडौं । शिवम् सिमेन्टसले आफ्ना सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले ९ सय ६९ करोड ४७ लाख ३८ हजार रुपैयाँ वितरण गर्ने बताएको छ ।

पब्लिक कम्पनीमा परिणत भइसकेपछि भएको तेस्रो वार्षिक साधारण सभाले सर्वसाधारण सेयरधनीलाई समेत दिने गरी नगद लाभांश बाँड्ने निर्णय गरेको हो ।

सिमेन्ट उत्पादक कम्पनीमध्ये नेपालकै अग्रणी मानिने शिवम् सिमेन्टले सर्वसाधारणका लागि सेयर निष्कासन गरेको थियो ।

निष्कासन गरेको दुई महिनाभित्रै बाँडफाँट गर्ने तयारी रहेको कम्पनीले जनाएको छ ।