सेयर बजार बढे पनि कारोबार रकम भने घटेको छ । मङ्गलबार ६० करोड ६४ लाख २३ हजार रुपैयाँबराबरका १७ लाख ७५ हजार ९८० कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले जनाएको छ । सोमबार १ अर्ब ३ करोड रुपैयाँको सेयर किनबेच भएको थियो ।
काठमाडौं । मङ्गलबार सेयर बजार ३.७४ अङ्क बढेको छ । सोमबार ७ अङ्क घटेको सेयर बजार मङ्गलबार बढेर नेप्से परिसूचक १ हजार २६० अङ्कमा पुगेको छ ।
सेयर बजार बढे पनि कारोबार रकम भने घटेको छ । मङ्गलबार ६० करोड ६४ लाख २३ हजार रुपैयाँबराबरका १७ लाख ७५ हजार ९८० कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले जनाएको छ । सोमबार १ अर्ब ३ करोड रुपैयाँको सेयर किनबेच भएको थियो ।
छिमेकी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर सबैभन्दा बढी कारोबार भएको छ । छिमेकीको सेयर प्रतिकित्ता १ हजार २१ रुपैयाँमा ४ करोड ९६ लाख ६६ हजार रुपैयाँको सेयर कारोबार भएको छ । छिमेकीको लाभांश बुक गर्न लगानीकर्ता झुम्मिएका हुन् । संस्थाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ४० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
नेपाल बैङ्कको प्रतिकित्ता ३०९ रुपैयाँमा ४ करोड २१ लाख ९६ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।
बैङ्क, विकास बैङ्क, वित्त, निर्जीवन बिमा र उत्पादनमूलक क्षेत्रको सेयर मूल्य बढेको छ । व्यापार, होटल, जलविद्युत्, लघुवित्त र जीवन बिमाको घटेको छ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड र श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स लिमिटेडका लगानीकर्ताले कमाएका छन् ।