सेयर बजार १९ अङ्क बढ्यो, ९५ करोडको कारोबार

मङ्गलबारको तुलनामा कारोबार रकम पनि बढेर ९५ करोड रुपैयाँ पुगेको छ । बुधबार ३४ लाख ८ हजार ३७४ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले जनाएको छ ।

काठमाडौं । सेयर बजार १९ अङ्कले बढेको छ । मङ्गलबार ३.७४ अङ्क बढेकोमा बुधबार दोहोरो अङ्कले बढेर नेप्से परिसूचक १ हजार २७९ अङ्कमा पुगेको छ । मङ्गलबारको तुलनामा कारोबार रकम पनि बढेर ९५ करोड रुपैयाँ पुगेको छ । बुधबार ३४ लाख ८ हजार ३७४ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले जनाएको छ ।

बुधबार सबैभन्दा बढी कारोबार हुने कम्पनीमा बैङ्क परेका छन् । सबैभन्दा बढी कारोबार नेपाल बैङ्कको भएको छ । नेपाल बैङ्कको प्रतिकित्ता ३१२ रुपैयाँमा ९ करोड ९ लाख ४६ हजार रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै ग्लोबल आईमई बैङ्कको प्रतिकित्ता ३२० रुपैयाँमा ७ करोड १९ लाख रुपैयाँको सेयर किनबेच भएको हो ।

बुधबार बैङ्किङ, होटल, विकास बैङ्क, वित्त, बिमा र लघुवित्तका परिसूचक बढेका छन् भने जलविद्युत् र उत्पादनमूलक समूहको सेयर मूल्य घटेको छ ।