संचय कोषले बैंङ्क तथा वित्त, बिमा र जलविद्युत गरी १९ कम्पनीमा विभिन्न समयमा गरी कुल ६ अर्ब ९४ करोड रुपैयाँ सेयर लगानी गरेको छ ।
काठमाडौं । कर्मचारी संचय कोषले विभिन्न १९ कम्पनीमा गरेको सेयर लगानी बढेर ३४ अर्ब रुपैयाँ पुगेको छ । संचय कोषले बैंङ्क तथा वित्त, बिमा र जलविद्युत गरी १९ कम्पनीमा विभिन्न समयमा गरी कुल ६ अर्ब ९४ करोड रुपैयाँ सेयर लगानी गरेको छ ।
सेयर बजार बढेपछि संचय कोषको लगानी बढेर ३४ अर्ब रुपैयाँ कटेको हो । राम्रो प्रतिफल दिने कम्पनीको गरेको लगानीको बढेको कोषका मुख्य प्रवन्धक अर्जुनकुमार गौतमले बताए ।
कोषले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सुचिकृत भएका १६ र सुचिकृत नभएका ३ कम्पनीमा सेयर लगानी गरेको उनले जानकारी दिए । कोषले बैंङ्क अफ काठमाण्डु लिमिटेड, सिभिल बैंङ्क, सेञ्चुरी कमर्शियल बैंङ्क, देव विकास बैंङ्क, हिमालयन बैंङ्क, जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड, महालक्ष्मी विकास बैंङ्क, नेपाल बैंङ्क, एनएमबी बैंङ्कको संस्थापक सेयर (प्रमोटर) सेयरमा लगानी गरेको छ ।
यस्तै महालक्ष्मीको साधारण सेयर, एनएमबीको पनि साधारण सेयरमा पनि लगानी गरेको छ । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड, प्रभु बैंङ्क, राष्ट्रिय बिमा कम्पनी लिमिटेड, नेपाल एसबीआई बैंङ्क, सिन्धु विकास बैंङ्क, सनराइज बैंङ्क र सानिमा बैंङ्ककको संस्थापक सेयर खरिद गरेको छ । नेप्सेमा सुचिकृत नभएका र भरखरै स्थापना भएका विद्युत उत्पादन कम्पनी लिमिटेड र वेतन कर्णाली संचयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडमा पनि सेयर लगानी गरेको छ ।
सिटिजन्स बैंङ्कको सहायक सीबीआइएल क्यापिटल लिमिटेडको १५ प्रतिशत प्रमोटर सेयर खरिद गरेको छ । सुचिकृत १६ कम्पनीमा ६ अर्ब ४७ करोड रुपैयाँ लगानी गरेको छ । यस्तै नेप्सेमा सुचिकृत नभएका ३ ओटा संस्थामा ४६ करोड ९२ लाख रुपैयाँ सेयर लगानी गरेको गौतमले बताए ।
संचय कोषले बैंङ्क अफ काठमाण्डुमा १ अर्ब ७३ करोड ४७ लाख, सिभिलमा २७ करोड ५८ लाख, सेन्चुरीमा ५ करोड २ लाख, देव विकासमा ३५ करोड ७९ लाख, हिमालयनमा ९ करोड ८३ लाख, जलविद्युत लगानीमा १ अर्ब, महालक्ष्मी विकासमा २ करोड ४० लाख, नेपाल बैंङ्कमा ९९ करोड ९८ लाख, एनएमबीमा ३५ करोड १२ लाख, प्रभु इन्स्योरेन्समा १० करोड २५ लाख रुपैयाँ लगानी गरेको छ ।
यसैगरी प्रभु बैंङ्कमा १० करोड २५ लाख, राष्ट्रिय बिमामा २९ करोड ७९ लाख, नेपाल एसबीआईमा ४५ करोड ८० लाख, सिन्धु विकासमा ३ करोड ३८ लाख, सनराइजमा १० करोड र सानिमामा ४८ करोड रुपैयाँ सेयर लगानी गरेको छ ।
विद्युत उत्पादनमा ३३ करोड, वेतन कर्णालीमा १० करोड ५० लाख र सीबीआइएल क्यापिटलमा ३ करोड ४२ लाख रुपैयाँ सेयर लगानी गरेको छ ।