लुम्बिनी भ्रमण वर्ष प्रचार प्रसार उपसमितिले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी यस वर्षको बुद्ध पूर्णिमादेखि अर्को वर्षको चैत्र शुक्ल पूर्णिमासम्म लुम्बिनी भ्रमण वर्ष मनाउने निणर्य प्रदेश सरकारले गरेको जानकारी गराएको हो
बुटवल । प्रदेश नम्बर ५ को सरकारले आगामी जेठ ४ गते बुद्ध जयन्तीका दिनदेखि लुम्बिनी भ्रमण वर्ष २०७६ मनाउने भएको छ ।
लुम्बिनी भ्रमण वर्ष प्रचार प्रसार उपसमितिले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी यस वर्षको बुद्ध पूर्णिमादेखि अर्को वर्षको चैत्र शुक्ल पूर्णिमासम्म लुम्बिनी भ्रमण वर्ष मनाउने निणर्य प्रदेश सरकारले गरेको जानकारी गराएको हो ।
त्यस अवसरमा प्रदेश ५ का उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले बुद्ध जयन्तीको दिन लुम्बिनीमा राष्ट्रपति बिद्यादेवी भण्डारीको उपस्थितिमा भ्रमण वर्षको सुरुवात गरीने जानकारी दिए ।
मन्त्री गिरीले भ्रमण वर्षमा २५ लाख पर्यटक लुम्बिनीमा भित्र्याउने लक्ष्य प्रदेश सरकारले लिएको बताए ।