सेयर बजार सूचक १३८० को बिन्दुमा

सोमबार कारोबार सुरु हुँदादेखि घटेको नेप्से बन्द हुँदासम्म कायम रह्यो । कारोबार सुरु हुँदा १३८४.७१ अंकमा रहेको नेप्से ४.४२ अङ्कले घटेर १३८०.२९ अङ्कमा झरेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि समान्य अङ्कले घटेको छ ।

 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक निरन्तर घटेर १३८० अङ्कमा झरेको छ । यो साताको दोस्रो दिन सोमबार पनि नेप्से सूचक ४ अङ्कभन्दा धेरैले घटेपछि उक्त बिन्दुमा आइपुगेको हो ।

पछिल्लो समयमा बियरिस टे«न्डमा देखिएको सेयर बजारले तत्काल सुधारको सङ्केत देखिाएको छैन । आइतबार ४ अङ्कले घटेको नेप्से सोमबार पनि सोही गतिमा घटेको हो ।

सेयर बजार परिसूचकसँगै कारोबार रकममा पनि आएको निरन्तरको गिरावट आएको छ । सोमबार नेप्सेको कारोबार रकम पनि २४ करोडमा नै सीमित भएको छ ।

सोमबार कारोबार सुरु हुँदादेखि घटेको नेप्से बन्द हुँदासम्म कायम रह्यो । कारोबार सुरु हुँदा १३८४.७१ अंकमा रहेको नेप्से ४.४२ अङ्कले घटेर १३८०.२९ अङ्कमा झरेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि समान्य अङ्कले घटेको छ ।

सोमबार नेप्सेमा कारोबार भएका धेरै समूहगत सूचक घटेपछि समग्र बाजार सूचक घटेको हो । नेप्सेका कारोबार भएका बैङ्क ४, बिमा ७३.०७, होटल ९.२८, लघुवित्त समूह ६.७, जलविद्युत समूह १.७४, उत्पादनमूलक १४.६३ र वित्त समूह भने २.१६ अङ्कले घटेका छन । सोमबार विकास बैङ्क ६.७६,अन्य ३.९९ र व्यापार समूह भने ४.७२ अङ्कले बढेका छन् ।

सोमबार नेप्सेमा नेप्सेमा १५६ कम्पनीको ३ हजार ४ सय ४० कारोबारबाट २४ करोड ६७ लाख रुपैयाँबराबरको ६ लाख ८४ हजार २८ कित्ता सेयर किनबेच भएको छ ।