प्रतियोगितामा भाग लिनेले प्रतिखेल १०० रुपैयाँ तिर्नुपर्ने छ भने खेल बिजेता क्लबले ट्रफी पाउने छन् । यस्तै खेलमा विजयी हुने खेलाडीले मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।
रोटा ओलम्पिक मिडिया इन्भिटेसन रोटेर्याक्ट नेपाल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानको जोन ६ले आयोजना गरेको तीनदिने रोटा ओलम्पिक्सअन्तर्गत २०७६ बैशाख १४, २२ र २८ गते शनिबार कबड्डी, २०० मिटर दौड, ४०० मिटर रिले दौड, बोरा दौड (स्याक रेस), महिलाक्रिकेट, डोरी तान्ने दौड (टग अफवार) वाल क्याङ्मिङ लगायतका खेल हुनेछन् ।
यस्तै ब्याडमिन्टन, फिफा, चेस, स्किपिङ, बास्केटबल, टेबल टेनिसका खेलमा भाग लिन पाइने छ । यसैगरी ३ ओटा शनिबारमा डाइस फेस, ब्याङ्न्ड ड्रोइङका खेल हुने नेपाल भूटानको जोन ६ले जनाएको छ । काठमाडौंका विभिन्न स्थानमा हुने विभिन्न किसिमका खेलमा ४५० जनाले भाग लिनेछन् । प्रतियोगितामा भाग लिनेले प्रतिखेल १०० रुपैयाँ तिर्नुपर्ने छ भने खेल बिजेता क्लबले ट्रफी पाउने छन् । यस्तै खेलमा विजयी हुने खेलाडीले मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।
खेलमा मुलुकभरका विभिन्न जोन क्लबले भाग लिनेछन् । बूढानीकण्ठ स्कूल, जीए. हल ठमेल, थिम्स इन्टरनेसनल कलेज पुरानो बानेश्वरमा हुने खेलमा रोटार्याक्ट क्लबबाहिरका व्यक्ति तथा अन्य संस्थाले प्रतियोगितामा भाग लिन पाउने छैनन् भने प्रतियोगिताको अवलोकन गर्न सक्नेछन् ।
रोटार्याक्टले प्रत्येक वर्ष आयोजना गर्ने खेल प्रतियोगिताअन्तर्गत २ वर्षअघि १० ओटा खेलमा ४४० जनाले भाग लिएका थिए । यस्तै गत वर्ष ४८० जनाले विभिन्न १० खेलमा भाग लिएका थिए ।