सिनियर पाइलटले तातो पानी ल्याउन लगाएको र आफूले पानी लिएर गएपछि सेल्फी फोटो खिच्ने बहानामा आफूलाई यौन हिंसा गरेको पीडित पाइलटले आरोप लगाएकी छिन् ।
एजेन्सी । विमान कम्पनी इन्डिगोमा कार्यरत एक महिला पाइलटले आफूमाथि सिनियर पाइलटले यौन हिंसा गरेको आरोप लगाएकी छिन् । उनले आफूमाथि यौन हिंसा गरेको आरोप लगाउँदै सिनियर पाइलटमाथि नयाँदिल्लीस्थित प्रहरीमा उजुरी दिएकी छिन् ।
सिनियर पाइलटले तातो पानी ल्याउन लगाएको र आफूले पानी लिएर गएपछि सेल्फी फोटो खिच्ने बहानामा आफूलाई यौन हिंसा गरेको पीडित पाइलटले आरोप लगाएकी छिन् ।
पीडित पाइलटले उजुरीमा भनेकीछिन्, ‘मलाई सिनियर पाइलटले तातो पानी ल्याउन लगाए । जब म पानी लिएर पुगेँ त्यसबेला उनको मोबाइलको क्यामरा अन थियो । उनी मसँग सेल्फी तस्बिर लिन चाहन्थे । सेल्फी लिने क्रममा क्याप्टेनले मलाई छेडछाड गरे ।’
यो घटना १६ अप्रिलमा ब्याङ्गलोर–अमृतसर–श्रीनगर फ्लाइट भइरहेका बेला भएको हो । जब उडानपछि विमान अमृतसार विमानस्थलमा उत्रियो त्यसपछि सिनियर पाइलटले आफ्नो फोन नम्बर मागेको पनि उनले बताएकी छिन् ।
पीडित महिला पाइलटको उजुरी दिल्ली प्रहरीले दर्ता गरिसकेको छ । विमान कम्पनीले पनि यस घटनाका सम्बन्धमा छानविन भइरहेको जनाएको छ ।