यतिको नयाँ एटिआर जहाज भित्रियो, जेठ भित्र अर्को जहाज  ल्याउने

काठमाडौं । आन्तरिक उडानमा अग्रस्थानमा रहेको यति एयरलाइन्सले नयाँ एटिआर ७२–५०० जहाज ल्याएको छ ।  सो एटिआर शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
कम्पनीले सो जहाज केहि महिना अघिनै ल्याउने तयारी गरेको थियो । तर हेलिकप्टर दुर्घटनामा परि एयरलाइन्सका महाप्रवन्धक आङछिरिङ शेर्पाको निधन भएपछि केहि समय पछि धकेलिएको थियो ।
यस्तै जेठ भित्रमा अर्को जहाज ल्याउने तयारी गरिरहेको एयरलाइन्सका प्रवक्ता भिम राइले जानकारी दिए । उनले नयाँ ल्याएको जहाजले विराटनगर,भद्रपुर,पोखरा,भैरहवा,चितवन,धनगडी,नेपालगन्ज लगाएतका क्षेत्रमा उडान गर्ने जानकारी दिए । नयाँ जहाज ल्याएसँगै यति सँग १० वटा जहाज रहेको छ ।