काठमाडौं । सिम्रिक एयरले नयाँ हेलिकप्टर ल्याएको छ । फ्रान्समा निर्मित ‘ए एस ३५० बि ३ इ’ नामक उक्त हेलिकप्टर शनिबार काठमाडौंमा आइपुगेको हो ।
सिम्रिकले जारी गरेको विज्ञप्तीमा नयाँ हेलिकप्टरले भ्रमण बर्ष २०२० मा नेपाल आउने पर्यटकलाई सहयोग गर्ने जनाएको छ ।
एकल टर्बोमेक्का एरिअल २ डी टर्बाइन इन्जिन रहेको एयरबसको विषेशता अत्यधिक उडान गति १५५ नट्स, अत्यधिक अल्टिट्युड क्षमता २३ हजार फिट र अत्यधिक रेञ्ज ६३८ किमि रहेको जनाएको छ। यसको २२५० केजी भार क्षमता रहेको छ।
मलेसियामा निर्माण भएको सो हेलिकप्टरलाई क्याप्टेन आनन्द थापा, क्याप्टेन बिमल शर्मा र इन्जिनियर प्रचण्ड मल्लले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइपुर्याका हुन्। यो हेलिकप्टर सँगै सिम्रिक सँग ५ वटा हेलिकप्टर पुगेको छ ।