यसरी गर्दैछन् सगरमाथाको आरोहण (५ तस्बिरमा हेर्नुस्)

पर्वतारोहण अभियानका नेता तासी शेर्पाका अनुसार आइतबार बिहान पर्वतारोही कामीरिता शेर्पा र १३ भारतीय पर्वतारोहीसहित १४ शेर्पा गाइडहरुको टोली खुम्बु आइसफल हुँदै आधार शिविरबाट शिविर एकका लागि निस्किएका छन् । टोली बिहान चार बजेको पूजापछि ५ हजार ३ सय ६४ मिटरबाट हिँडेको थियो ।

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण धमाधम भइरहेको छ । ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथा हिमालको आरोहणका लागि अहिले विश्वभरका पर्यटक त्यसतर्फ लागेका छन् ।

पर्वतारोहण अभियानका नेता तासी शेर्पाका अनुसार आइतबार बिहान पर्वतारोही कामीरिता शेर्पा र १३ भारतीय पर्वतारोहीसहित १४ शेर्पा गाइडहरुको टोली खुम्बु आइसफल हुँदै आधार शिविरबाट शिविर एकका लागि निस्किएका छन् । टोली बिहान चार बजेको पूजापछि ५ हजार ३ सय ६४ मिटरबाट हिँडेको थियो ।

तासीले भने, ‘एक्लाइमेटाइजेसनपछि सबै शेर्पाले अक्सिजन, टेन्ट, खाना पकाउने ग्याँस र आवश्यक उपकरण ७९०० मिटरमा रहेको क्याम्प चारका लागि डिपोजिट गर्नेछन् ।’

यो समय कामीरिताले भारतीय सगरमाथा पर्वतारोही टोलीलाई नेतृत्व गर्दैछन्, जसलाई १४ पिक अभियानदलले आयोजना गरेको हो । कामीरिताको सगरमाथा आरोहण यो २३ औं पटक हो ।

विनोद अधिकारी विख्यात फिल्म निर्माणकर्ता हुन् र तासी शेर्पाले कामीको आरोहण र एड्भेन्चरफुल जीवन यात्राको वृतचित्र बनाउने योजना बनाउने सहमति गरेका छन् ।

यो फिल्म टोली यसअघि नै आधार शिविरमा पुगिसकेको छ । यो फिल्मको नाम ‘स्टेप २३’ राखिएको छ ।

तस्बिर साभार : सेभेन समिट ट्रेक्स प्रा लि