पर्यटकीय सवारी साधनमा भ्रमण वर्ष २०२० को लोगो

पर्यटक बोक्ने सवारी साधनमा भ्रमण वर्ष २०२० को लोगोसहित विभिन्न नारा लेखिएका ब्यानर राखिएका छन् ।

काठमाडौं । भ्रमण वर्ष २०२० नजिकिएसँगै प्रचारप्रसारलाई केही मात्रामा तीव्रता दिइएको छ । पर्यटक बोक्ने सवारी साधनमा भ्रमण वर्ष २०२० को लोगोसहित विभिन्न नारा लेखिएका ब्यानर राखिएका छन् ।

नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्य, होटल एसोसिएसन अफ नेपाल (हान)का वरिष्ठ उपाअध्यक्ष सिर्जना राणालगायतले पर्यटकीय सवारी साधनमा लोगो टाँसेर प्रचार गरेका हुन् ।

सरकारले २०२० मा २० लाख पर्यटक भित्र्याउने तयारीका साथ भ्रमण वर्ष मनाउन लागेको हो ।