सगरमाथा आरोहण सुरु भएदेखि हालसम्म करिब २ सय ७९ जनाको मृत्यु भएको विभागले जनाएको छ । तीमध्ये धेरैको शव निकालिएको भए पनि केही शव भने बाँकी रहेको विभागको भनाइ छ । बाँकी रहेका शवलाई सकेसम्म निकाल्ने कोसिस गर्ने विभागका महानिर्देशक घिमिरेको भनाइ छ ।
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा सफाइका क्रममा ४ ओटा शव भेटिएका छन् । सफाइका क्रममा ४ ओटा शव भेटिएको पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए । वैशाख १ गतेबाट सफाइ सुरु भएको हो ।
सगरमाथा आरोहण सुरु भएदेखि हालसम्म करिब २ सय ७९ जनाको मृत्यु भएको विभागले जनाएको छ । तीमध्ये धेरैको शव निकालिएको भए पनि केही शव भने बाँकी रहेको विभागको भनाइ छ । बाँकी रहेका शवलाई सकेसम्म निकाल्ने कोसिस गर्ने विभागका महानिर्देशक घिमिरेको भनाइ छ ।
ती शव काठमाडौं ल्याई जिल्ला प्रशासनको रोहबरमा सकेसम्म आफन्तलाई बुझाउने र सम्भव नभएमा सरकारले नै जलाउने योजना बनाएको छ ।
नियमअनुसार जुन कम्पनीमार्फत आरोहण गरेका हुन्, तिनै कम्पनीले मृतकको शव ल्याउनु पर्ने हुन्छ । तर, ती कम्पनीहरुको बदमासीका कारण शव त्यत्तिकै हिमालमा छन्, जसका कारण पछिल्लो समय सगरमाथा तथा त्यसको सेरोफेरोमा फोहोर फैलिएको विभागको भनाइ छ ।