कम्पनीले ३४ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको ३४ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । ग्रिनलाइफले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
काठमाडौं । ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले ३४ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको ३४ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । ग्रिनलाइफले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा बीओके क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । बोर्डबाट स्वीकृति पाएपछि आईपीओ निष्कास गर्ने कम्पनीले जनाएको छ ।
यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्र दोलखाका स्थानीय बासिन्दालाई १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ निष्कासन गरिसकेको छ ।
सर्वसाधारणलाई निष्कासन गरेपछि चुत्तापुँजी १ अर्ब ८० करोड रुपैयाँ पुग्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीले हाल ४० मेगावाटको खानीखोला ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
आयोजना बनाउन ६ अर्ब ३९ करोड ३८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । आयोजनाको प्रतिमेगावाट लागत १५ करोड ९८ लाख रुपैयाँ हुने छ । आयोजनाबाट ७ वर्ष ४ महिनामा लगानी फिर्ता हुनेछ ।