सेयर बजार घटे पनि १ अर्ब १९ करोड ७७ लाख रुपैयाँबराबरको ३० लाख १६ हजार ४८० कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले जनाएको छ ।
काठमाडौं । साताको दोस्रो दिन सेयर बजार ४ अङ्कले घटेर नेप्से परिसूचक १ हजार ३१० अङ्कमा सीमित भएको छ । सेयर बजार घटे पनि १ अर्ब १९ करोड ७७ लाख रुपैयाँबराबरको ३० लाख १६ हजार ४८० कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले जनाएको छ ।
सोमबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा बढी सेयर किनबेच भएको छ । नेपाल लाइफको प्रतिकित्ता १ हजार ३१६ रुपैयाँमा १४ करोड ६९ लाख ८२ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ । यस्तै नेपाल बैङ्कको प्रतिकित्ता ३२१ रुपैयाँमा ११ करोड २९ लाख ९४ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।
सोमबार व्यापार, होटल, उत्पानमूलक र जीवन बिमा कम्पनीको सेयर मूल्य बढेको छ भने बैङ्क तथा वित्त, जलविद्युत्, लघुवित्त र निर्जीवन बिमाको सेयर मूल्य घटेको छ । सेयर बजार घटेका बेला नबिल ब्यालेन्स फन्ड र लक्ष्मी इक्विटी फन्डका लगानीकर्ताले कमाएको छन् ।