क्यानले आफ्नो गल्ती लुकाउन पाइलट विजय लामालाई कारबाही

उनले नेपाल एयरलाइन्सले गत चैत २० गते राती १० बजेपछि ४ मिनेटको समय माग्दा क्यानले उडान बन्दको अन्तर्राष्ट्रिय नियम (नोटाम) जारी भएको भन्दै उडान अनुमति नदिएको र त्यस्को केही दिनपछि फ्लाई दुबईलाई १७ मिनेट थप समय दिएको विषयमा सामाजिक सञ्जालमार्फत विरोध जनाएका थिए ।

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आफ्नो विरोधमा बोलेको भन्दै पाइलट विजय लामाको लाइसेन्स सस्पेन्ड गरेको छ । उनले नेपाल एयरलाइन्सले गत चैत २० गते राती १० बजेपछि ४ मिनेटको समय माग्दा क्यानले उडान बन्दको अन्तर्राष्ट्रिय नियम (नोटाम) जारी भएको भन्दै उडान अनुमति नदिएको र त्यस्को केही दिनपछि फ्लाई दुबईलाई १७ मिनेट थप समय दिएको विषयमा सामाजिक सञ्जालमार्फत विरोध जनाएका थिए ।

साथै नेपाल एयरलाइन्सलाई उडान अनुमति नदिएर ड्रागन एयरलाई उडान अनुमति दिएको भन्दै विरोध जनाउँदै आएका थिए । यही विषयलाई लिएर क्यानले पाइलट लामासँग स्पष्टीकरण सोधेका थिए । लामाले दिएको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै क्यानले उनको लाइसेन्स सस्पेन्ड गरेको हो ।

यसैबीच पाइलट लामाले नेपाल एयरलाइन्सको प्रवक्ताबाट राजिनामा दिइसकेका छन् । उनले प्रवक्ताको हैसिएतले विभिन्न मिडियामा प्रतिक्रिया दिएको बताए ।