पाइलट लामाले मिडियामा अनावश्यक बोलेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सोमबार नेपाल एयरलाइन्सलाई प्रवक्ताबाट नहटाए लाइसेन्स सस्पेन्ड गर्ने चेतावनी दिएको थियो ।
काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट विजय लामाले आफूलाई व्यक्तिगत रुपमा आक्रमण गरेको बताएका छन् । पाइलट लामाले मिडियामा अनावश्यक बोलेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सोमबार नेपाल एयरलाइन्सलाई प्रवक्ताबाट नहटाए लाइसेन्स सस्पेन्ड गर्ने चेतावनी दिएको थियो ।
‘नेपाल एयरलाइन्सको प्रवक्ताको जिम्मेवारीबाट नहटाएसम्म लाइसेन्स सस्पेन्ड गर्ने भनेको मलाई व्यक्तिगत रुपमा एट्याक गरिएको हो,’ लामाले क्यापिटल नेपालसँग भने, ‘मैले प्रवक्ताको हैसियतले मिडियामा प्रतिक्रिया दिएको थिएँ, पाइलटको हैसियतले हैन ।’
‘म विमानभित्र हुँदा मेरो भूमिका पाइलटको हुन्थ्यो र विमानबाट ओर्लेपछि मेरो भूमिका प्रवक्ताको हुन्थ्यो । क्यानको गलत कुरा बाहिर ल्याउँछ भन्ने डरले मलाई कारबाही गरिएको हो,’ उनले भने, ‘यसबाट म विचलित हुन्नँ । प्रवक्ताको हैसियतले बोल्दा मेरो लाइसेन्समाथि नै दाउपेच गरियो, करिअर नै सक्ने नियत देखियो ।’
गत चैत २० गते राती १० बजेपछि ४ मिनेट समय माग्दा नेपाल एयरलाइन्सको जहाजलाई उडान अनुमति नदिएको विषयमा लामाले सामाजिक सञ्जाललगायत मिडियामा प्रतिक्रिया दिएका थिए ।
याे समाचार पनि हेर्नुहाेस्