४ कम्पनीका ९२ लाख ५४ हजार कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत, कसको कति (सूचिसहित)

लक्ष्मी बैंङ्क, तिनाउ डेभलपमेन्ट बैंङ्क, स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड र समिट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडेको गरी ९२ लाख ५४ हजार ५१४ कित्ता बोनस सेयर कारोबारका लागि सुचिकृत भएको नेप्सेले जनाएको छ ।

काठमाडौं । विभिन्न ४ कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सुचिकृत भएका छन् । लक्ष्मी बैंङ्क, तिनाउ डेभलपमेन्ट बैंङ्क, स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड र समिट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडेको गरी ९२ लाख ५४ हजार ५१४ कित्ता बोनस सेयर कारोबारका लागि सुचिकृत भएको नेप्सेले जनाएको छ ।

लक्ष्मी बैंङ्कको ६९ लाख ८८ हजार ४१६, तिनाउको ६ लाख ८ हजार ३२१, समिट माइक्रोफाइनान्सको ४ लाख र स्वावलम्बनको १२ लाख ५७ हजार ७७७ कित्ता रहेको नेप्सेले जनाएको छ ।

गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई बोनस सेयर वितरण गरेपछि कारोबारका लागि नेप्सेमा सुचिकृत भएका हुन् ।