सेयर बजारमा करेक्सन हुँदा ११ अङ्क घट्यो, नेपाल लाइफ र नेपाल बैङ्कको सबैभन्दा बढी कारोबार

सोमबारको तुलनामा मङ्गलबार कारोबार रकम पनि घटेको छ । मङ्गलबार ९५ करोड रुपैयाँ बराबरका २९ लाख ६७ हजार ३५८ कित्ता सेयरको कारोबार भएको छ । सेयर बजार घटे पनि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल बैङ्कको सेयर सबैभन्दा बढी कारोबार भएको छ ।

काठमाडौं । अघिल्लो सातासम्म लगातार बढ्दै आएको सेयर बजार अब करेक्सन (सच्चिन) हुन सुरु भएको छ । सोमबार ४ अङ्कले घटेको बजार मङ्गलबार ११.७ अङ्कले घटेर नेप्से परिसूचक १ हजार २९८ अङ्कमा झरेको छ ।

सोमबारको तुलनामा मङ्गलबार कारोबार रकम पनि घटेको छ । मङ्गलबार ९५ करोड रुपैयाँ बराबरका २९ लाख ६७ हजार ३५८ कित्ता सेयरको कारोबार भएको छ । सेयर बजार घटे पनि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल बैङ्कको सेयर सबैभन्दा बढी कारोबार भएको छ । नेपाल लाइफको प्रतिकित्ता १ हजार २७१ मा १६ करोड रुपैयाँको किनबेच भएको छ । यस्तै नेपाल बैङ्कको पनि प्रतिकित्ता ३१८ मा ९ करोड ३१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

मङ्गलबार जलविद्युत् र वित्त समूहको सेयर बढेको छ । बैङ्क, विकास बैङ्क, होटल, व्यापार, उत्पादन, बिमा र लघुवित्तको सेयर मूल्य घटेको छ । सेयर बजार घटेका बेला सानिमामाई हाइड्रोपावर लिमिटेड र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताले कमाएका छन् ।