नेपाल वायुसेवाले दिल्लीमा दैनिक २ उडान थाल्यो, दुईतर्फी भाडा १५ हजारदेखि ४० हजारसम्म

उनले काठमाडौंबाट नयाँदिल्लीको भाडा एकतर्फि ८ हजारदेखि २८ हजार रुपैयाँसम्म रहेको बताए । यस्तै दुवैतर्फी भाडा १५ हजारदेखि ४० हजारसम्मको रहेको उनले जानकारी दिए ।

काठमाडौं । जेट एयरवेजले काठमाडौं दिल्ली उडान बन्द गरेपछि त्यसको फाइदा उठाउन नेपाल वायुसेवा निगमले उडान थप गरेको छ । सातामा ११ ओटा उडान गर्दै आएको एनएसीले अब १४ ओटा गर्ने भएको हो ।

निगमका सहप्रवक्ता नवराज कोइरालाले वाइडबडी र न्यारोबडी जहाजमार्फत दिल्लीमा उडान गर्न थालिएको जानकारी दिए । उनले काठमाडौंबाट नयाँदिल्लीको भाडा एकतर्फि ८ हजारदेखि २८ हजार रुपैयाँसम्म रहेको बताए । यस्तै दुवैतर्फी भाडा १५ हजारदेखि ४० हजारसम्मको रहेको उनले जानकारी दिए ।

निगमले काठमाडौंबाट नयाँदिल्लीको लागि बिहान ८ बजे उडान भर्ने र ९.४० मा दिल्लीमा अवतरण गर्ने जनाएको छ ।  दोश्रो उडान १ बजे भएर २.२५ मा अवतरण हुनेछ । यस्तै दिल्लीबाट काठमाडौंमा बिहान १०.४०मा हुने र अवतरण १२.४० मा हुने छ भने दोश्रो उडान ३.५५ मा हुने र अवतरण ५.४५ मा हुने छ ।