विभिन्न आधा दर्जन लघुवित्तले २३ करोड ९८ लाख ५१ हजार रुपैयाँ बराबरको २३ लाख ९८ हजार ५१० कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन ।
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले एकआपसमा गाभिन (मर्जरमा जान) दबाव दिएका बेला लघुवित्त संस्थाले धमाधम साधारण सेयर (आईपीओ) निष्कासन गर्न थालेका छन् ।
लघुवित्त संस्थाको संख्या अधिक भएको भन्दै केन्द्रीय बैंङ्कले मर्जरमा जान भनिरहेका बेला आधा दर्जन लघुवित्तले आईपीओ निष्कासन गर्न लागेका हुन् । यी मध्ये केहीले निष्कासन गर्न अनुमति समेत पाइसकेका छन ।
विभिन्न आधा दर्जन लघुवित्तले २३ करोड ९८ लाख ५१ हजार रुपैयाँ बराबरको २३ लाख ९८ हजार ५१० कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन । आईपीओ निष्कासन गर्नेमा जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेड, स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, घोडाघोडी लघुवित्त वित्तीय संस्था लिमिटेड, सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड, आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेड र इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड हुन् ।
जनसेवीले ४ करोड ६३ लाख ३० हजार, स्वाभिमानले १ करोड ९८ लाख ६१ हजार, घोडाघोडीले १ करोड ३२ लाख ६० हजार, सबैकोले ५ करोड ३० लाख, आँधिखोलाले ४ करोड र इन्फिनिटीले ६ करोड ७४ लाख रुपैयाँको आईपीओ निष्कासन गर्न लागेको नेपाल धितोपत्र बोर्डले जनाएको छ । गुराँश लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ भने खुला भइरहेको छ ।
गत पुससम्म ७१ ओटा लघुवित्त संस्थाले वित्तीय कारोबार गरिरहेको केन्द्रीय बैंङ्कले जनाएको छ । राष्ट्र बैंङ्कले ९९ ओटा लघुवित्त संस्थालाई कारोबार गर्न अनुमति दिइसकेको छ । १५ ओटा स्वीकृतिको पर्खाइमा छन् । ४१ ओटाले आईपीओ निष्कास गरिसकेका छन् भने । ३ ओटा लघुवित्तको आईपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सुचिकृत हुन बाँकी छ ।