जनसेवी लघुवित्तको आईपीओ बैशाख २७ देखि, १ हजार कित्तासम्म आवेदन दिन पाइने

संस्थाले ४ करोड ६३ लाख ३० हजार रुपैयाँ बराबरको ४ लाख ६३ हजार ३०० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

काठमाडौं । जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडले बैशाख २७ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले ४ करोड ६३ लाख ३० हजार रुपैयाँ बराबरको ४ लाख ६३ हजार ३०० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

आईपीओ निष्कासन बन्द छिटोमा बैंशाख ३१ गते हुने निष्कासन तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ । न्युनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाइने एनएमबीले जानकारी दिएको छ ।

कुल निष्कासन मध्ये २३ हजार १६५ कित्ता सामूहिक लगानी कोष र ७ हजार १४५ कित्ता संस्थाका कर्मचारीलाई सुरक्षित गरिएको छ । संस्थाले नेपाल इक्रा लिमिटेडबाट आईपीओ ग्रेड ४ पाएको छ । जनसेवी पर्वतको कुस्मामा रहेको छ ।

आईपीओ बाँडफाँडपछि संस्थाको चुत्तापुँजी १४ करोड ४३ लाख ३० हजार रुपैयाँ पुग्ने छ । आईपीओबाट संकलन हुने रकम पशुपालन, कृषि, घरेलु तथा साना उद्योगमा लगानी गर्ने जनसेवीले जानकारी दिएको छ ।