संस्थाले १ करोड ९८ लाख ६१ हजार रुपैयाँ बराबरको १ लाख ९८ हजार ६१० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले बैशाख २७ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले १ करोड ९८ लाख ६१ हजार रुपैयाँ बराबरको १ लाख ९८ हजार ६१० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
आईपीओ निष्कासन बन्द छिटोमा बैशाख ३२ गते हुने निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ ।
न्युनतम १० देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन पाइने सिद्धार्थले जानकारी दिएको छ । कुल निष्कासन मध्ये ३ हजार ९३ कित्ता संस्थाक कर्मचारी र ९ हजार ३० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको सिद्धार्थले जानकारी दिएको छ ।
आईपीओ निष्कासनपछि पुँजी बढेर ६ करोड १८ लाख १ हजार रुपैयाँ पुग्ने छ । स्वाभिमान रुपन्देहीको तिलोतमामा रहेको छ । गत आर्थिक वर्षसम्म नोक्सानमा रहेको संस्था चालु आर्थिक वर्षदेखि नाफामा जाने देखिएको छ ।