७१ कम्पनीका २१ अर्ब २२ करोडको बोनस सेयर, कसको कति (सूचिसहित)

आर्थिक वर्ष सुरु भएपछि साउनयता विभिन्न कम्पनीले २१ करोड ८२ लाख २० हजार कित्ता बोनस सेयर वितरण गरेका हुन् ।

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सुचिकृत ७१ कम्पनीले हालसम्म २१ अर्ब २२ करोड रुपैयाँको बोनस सेयर वितरण गरेका छन । आर्थिक वर्ष सुरु भएपछि साउनयता विभिन्न कम्पनीले २१ करोड ८२ लाख २० हजार कित्ता बोनस सेयर वितरण गरेका हुन् ।

बोनस सेयर नेपाल धितोपत्र बोर्डमा दर्ता हुनुका साथै नेप्सेमा सुचिकृत भई कारोबार सुरु भइसकेको छ । कम्पनीले अघिल्लो र गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई बोनस सेयर दिएका हुन । बोनस सेयरको सूचि हेर्न यहाँ क्लिक गर्नुहोस

बोनस सेयर दिनेमा बैंङ्क तथा वित्तीय संस्था, बिमा कम्पनी जलविद्युत र होटल रहेका छन ।बैंङ्क तथा वित्तीय संस्था र बिमा कम्पनीले चुत्तापुँजी बढाउन सेयरधनीलाई बोनस सेयर दिएका हुन । सबैभन्दा बढी बोनस सेयर दिनेमा वाणिज्य बैंङ्क रहेका छन ।

जलविद्युतले नयाँ आयोजना निर्माण गर्नका लागि लगानीकर्तालाई बोनस सेयर दिएका हुन । सेयरधनीको चासो नगद लाभांश भन्दा पनि बोनस सेयरमा छ । गत आर्थिक वर्षमा ३३ अर्ब रुपैयाँ बढी बोनस सेयर वितरण भएको थियो ।