मौसम खराब भएपछि हेलिकोप्टर अपरेटलाई ‘अलर्ट’ म्यासेज-सचेत भएर मात्रै उडाउनु

‘फानी’ नामक सामुन्द्रिक अँधीको असर नेपालमा देखिन सक्ने र त्यसले उडान प्रभावित पार्ने भन्दै सोसाइटीले आफ्ना सदस्यहरुलाई सचेत गराएको हो ।

काठमाडौं । मौसम खराब भएपछि हेलिकोप्टर सोसाइटीले ‘अलर्ट’ भएर मात्रै हेलिकोप्टर उडाउन आफ्ना सदस्यलाई अनुरोध गरेको छ । ‘फानी’ नामक सामुन्द्रिक अँधीको असर नेपालमा देखिन सक्ने र त्यसले उडान प्रभावित पार्ने भन्दै सोसाइटीले आफ्ना सदस्यहरुलाई सचेत गराएको हो ।

‘हेलिकोप्टर उडाउनै बन्द गरेको होइन्,’ सोसाइटीका महासचिव योगराज कँडेलले भने, ‘तर, सचेत भएर मात्रै उडाउन अलर्ट गरेको हो ।’ अहिले एकदमै खराब मौसम रहेकाले सम्पूर्ण उडान रोकिएका छन् । यसैबीच, नेपाल सरकारले ‘फानी’का कारण मौसम प्रतिकुल भएको भन्दै १ः३० बजेदेखि सबै उडान बन्द गर्न आग्रह गरेको छ ।