मौसम प्रतिकुल रहेको भन्दै पर्यटकलाई सुरक्षित स्थानमा राख्न पर्यटन विभागको आग्रह

पर्यटन विभागले शुक्रबार एक सूचना जारी गर्दै नेपालका विभिन्न क्षेत्रको भ्रमणमा रहेका तथा पर्वतारोहणका लागि विभिन्न हिमाली क्षेत्रमा गएका पर्यटकहरुलाई मौसमको ख्याल गरी सुरक्षित स्थानमा राख्ने तथा कुनै पनि क्षति हुन नदिन प्रबन्ध गर्न÷गराउन पर्यटकलाई व्यवस्थापन गर्ने एजेन्सीहरुलाई आग्रह गरेको हो ।

काठमाडौं । पर्यटन विभागले केही दिन मौसम असामान्य रहने र हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने साथै पहाडी र तराई क्षेत्रमा भारी वर्षा तथा हावाहुरी आउने पूर्वानुमान महाशाखाको पूर्वानुमान सम्बन्धमा आफ्नो ध्यानाकार्षण भएको भन्दै पर्यटकको सुरक्षा गर्न सम्बद्ध निकायलाई आग्रह गरेको छ ।

पर्यटन विभागले शुक्रबार एक सूचना जारी गर्दै नेपालका विभिन्न क्षेत्रको भ्रमणमा रहेका तथा पर्वतारोहणका लागि विभिन्न हिमाली क्षेत्रमा गएका पर्यटकहरुलाई मौसमको ख्याल गरी सुरक्षित स्थानमा राख्ने तथा कुनै पनि क्षति हुन नदिन प्रबन्ध गर्न/गराउन पर्यटकलाई व्यवस्थापन गर्ने एजेन्सीहरुलाई आग्रह गरेको हो ।

साथै विभागले नेपालको पर्यटन क्षेत्र सुरक्षित र विश्वासनीय रहेको सन्देश प्रवाहमा सहयोग गर्न सम्बन्धित सबैमा आह्वान पनि गरेको छ ।