सातामा १ करोड १९ लाख कित्ता सेयर नेप्सेमा सुचिकृत, कसको कति (सूचिसहित)

पाँचथर पावर कम्पनी लिमिटेड, तिनाउँ विकास बैंङ्क, समिट लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका गरी १ करोड १८ लाख ९१ जहार ९८ कित्ता सेयर सुचिकृत भएको नेप्सेले जनाएको छ ।

काठमाडौं । यो साता विभिन्न ४ कम्पनीको साधारण सेयर (आईपीओ) र बोनस सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सुचिकृत भएका छन् ।

पाँचथर पावर कम्पनी लिमिटेड, तिनाउँ विकास बैंङ्क, समिट लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका गरी १ करोड १८ लाख ९१ जहार ९८ कित्ता सेयर सुचिकृत भएको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार पाँचथर पावरको ९६ लाख २५ हजार कित्ता आईपीओ, तिनाउँको ६ लाख ८ हजार ३२१, स्वाबलम्बनको १२ लाख ५७ हजार ७७७ र समिटको ४ लाख कित्ता बोनस सेयर सुचिकृत भएका छन् ।
गत आर्थिक वर्षका गरेको नाफाबाट सेयरधनीलाई दिएको बोनस सेयर काराबारका लागि सुचिकृत भएका हुन् ।