नविल र इन्भेष्टमेन्टलगायत ८ वाणिज्य बैंङ्क उत्कृष्ठ १० मा, कसको कति बजार पुँजीकरण (सूचिसहित)

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सुचिकृत मध्ये पुँजीकरणका आधारमा उत्कृष्ठ १० मध्ये ८ ओटा कम्पनी वाणिज्य बैंङ्क परेका छन् । नेपाल टेलिकम र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबाहेक अन्य सबै वाणिज्य बैंङ्क हुन् ।

बजार पुँजीकरणका आधारमा उत्कृष्ठ १० भित्र परेका वाणिज्य बैंङ्कमा नविल, नेपाल इन्भेष्टमेन्ट, स्ट्याण्डर्ड चाटर्ड, एभरेष्ट, हिमालयन, एनआईसी एसिया, नेपाल एसबीआई र एनएमबी रहेका छन् । लामो समयदेखि यीनै बैंङ्कको मात्र बजार पुँजीकरणमा माथि छन् ।

बजार पुँजीकरणमा नविल बैंक दोस्रो स्थानमा रहेको छ । नविलको पुँजीकरण बढेर ७६ अर्ब ६० करोड रुपैयाँ पुगेको नेप्सेले जनाएको छ । पहिलो स्थानमा नेपाल टेलिकम छ । टेलिकमको बजार पुँजीकरण १ खर्ब ४ अर्ब ७० करोड रुपैयाँ छ ।

यस्तै तेस्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्टको ७० अर्ब ९७ करोड, स्ट्याडर्ड चाटर्डको ५५ अर्ब २७ करोड, नेपाल लाइफको ५५ अर्ब १२ करोड, एभरेष्ट बैंकको ५२ अर्ब ६५ करोड, हिमालयनको ५० अर्ब ६९ करोड रुपैयाँ छ ।

यसैगरी एनआईसी एसिया बैंकको ४३ अर्ब ३७ करोड, एसबीआईको ४० अर्ब ९७ करोड र एनएमबीको ३६ अर्ब ८३ करोड रुपैयाँ बजार पुँजीकरण रहेको नेप्सेले जनाएको छ ।