हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २२ घण्टा सञ्चालनमा आइरहेको थियो । तर, विमानस्थलको धावन मार्ग मर्मत भइरहेकाले २२ घण्टाबाट १४ घण्टा मात्र सञ्चालनमा ल्याइएको छ । धावन मार्गको मर्मतपछि २४सै घण्टा सञ्चालनको तयारी सरकारले गरिरहेको छ ।
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब २४सै घण्टा सञ्चालनमा आउने भएको छ । सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४सै घण्टासञ्चालन गर्न लागिपरेको बताइन् ।
हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २२ घण्टा सञ्चालनमा आइरहेको थियो । तर, विमानस्थलको धावन मार्ग मर्मत भइरहेकाले २२ घण्टाबाट १४ घण्टा मात्र सञ्चालनमा ल्याइएको छ । धावन मार्गको मर्मतपछि २४सै घण्टा सञ्चालनको तयारी सरकारले गरिरहेको छ । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्व. रवीन्द्र अधिकारीले भ्रमण वर्ष २०२० अगाडि नै विमानस्थललाई २४सै घण्टा सञ्चालन गर्ने बताउँदै आएका थिए ।
यस्तै भैरहवामा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सन् २०१९ भित्रै सञ्चालनमा ल्याइसक्ने जनाइएको छ । पोखरामा निर्माण भइरहेको अन्तर्राष्ट्रियस्तरको क्षेत्रिय विमानस्थल सन् २०२१ को सुरुमै सञ्चालनमा ल्याउने गरी काम अगाडि बढेको उल्लेख छ ।
यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टका रुपमा अगाडि बढाउन आवश्यक कार्य भइरहेको जनाइएको छ । साथै आन्तरिक विमानस्थलमा रात्रिकालीन उडानका लागि आवश्यक उपकरण जडान प्रक्रिया अगाडि बढाउने सरकारको तयारी रहेको राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रममा उल्लेख बरेकी छन् ।
साथै उपत्यका नजिकै आन्तरिक विमास्थल बनाउने घोषणा गरिएको छ ।