२६५ करोडको आईपीओ आउँदै, कसको कति (सूचिसहित)

साउन यता बोर्डले विभिन्न २३ कम्पनीलाई ६ अर्ब ३९ करोड ३० लाख रुपैयाँ बराबरको ६ करोड ३९ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिइसकेको छ ।

काठमाडौं । लघुवित्त, जलविद्युत र मर्चेन्ट बैंङ्कर गरी विभिन्न १७ कम्पनीले साधारण सेयर (आईपीओ निष्कासन गर्न लागेका छन् । ती कम्पनीले २ अर्ब ६४ करोड ७३ लाख ९७ हजार ५०० रुपैयाँ बराबरको २ करोड ६४ लाख ७३ हजार ९७५ कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन् ।

१७ ओटै कम्पनीले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । यी मध्ये जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ करोड ६३ लाख ३० हजार रुपैयाँ बराबरको ४ लाख ६३ हजार कित्ता र स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले १ करोड ९८ लाख ६१ हजार रुपैयाँ बराबरको १ लाख ९८ हजार ६१० कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाइसकेका छन् । दुबै संस्थाले बैशाख २७ गते आईपीओ निष्कासन गर्दै छन् । सूचि हेर्न यहाँ क्लिक गर्नुहोस ।

४ ओटा लघुवित्त संस्थाको आईपीओ पाइपलाइनमा रहेका छन् । आईपीओ निष्कासनका तयारीमा रहेका संस्थामा ग्रिनलाइफ हाइड्रोपावर लिमिटेड, घोडाघोडी लघुवित्त वित्तीय संस्था लिमिटेड, आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेड, गज्र्याङ् उपत्यका हाइड्रोपावर लिमिटेड, सीईडीबी हाइड्रो फण्ड लिमिटेड, र सीबीआइएल क्यापिटल लिमिटेड रहेका छन् ।

यस्तै लाफिङ्ग बुद्ध पावर नेपाल लिमिटेड, हिमाल दोलखा हाइड्रोपावर लिमिटेड, इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड, रुरु जलविद्युत परियोजना लिमिटेड, मैलुङ्गखोला जलविद्युत कम्पनी लिमिटेड, माउन्टेन नेपाल इनर्जी लिमिटेड, शुभम पावर लिमिटेड, सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड र शुभश्री हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्न लागेका हुन् ।

साउन यता बोर्डले विभिन्न २३ कम्पनीलाई ६ अर्ब ३९ करोड ३० लाख रुपैयाँ बराबरको ६ करोड ३९ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिइसकेको छ । सबै कम्पनीले सर्वसाधारणमा आईपीओ निष्कासन गरिसकेका छन् । आईपीओ रेटिङ्ग ४ भन्दा कम भएकालेमा सेयर निष्कासन पाउने छन् । यी मध्ये केही आयोजनाले आईपीओ निष्कास गर्न नपाउने संभावना छ ।