आइतबार उत्पादन बाहेक बैंङ्क, बिमा, लघुवित्त, वित्त, होटल, जलविद्युतलगायत सबैको सेयर मूल्य घटेको छ । मल्टिपपर्स फाइनान्स कम्पनी लिमिटेड र युनाइटेड फाइनान्स लिमिटेडका लगानीकर्ताले कमाएका छन् ।
काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा गिरावट आएको छ । आइतबार सेयर बजार १६.७१ अंक घटेर नेप्से परिसुचक १ हजार २७७ मा झरेको छ । आइतबार ६५ करोड ३७ लाख रुपैयाँ बराबरको २३ लाख १२ हजार ५३० कित्ता सेयर किनबेच भएको छ ।
सेयर बजार घटे पनि नेपाल बैङ्क र प्रभु बैङ्कको सबैभन्दा बढी सेयर कारोबार भएको छ । नेपाल बैङ्कको प्रतिकित्ता ३१० मा ६ करोड २८ लाख ८४ हजार रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै प्रभुको २८२ रुपैयाँमा ४ करोड ६४ लाख ३० हजार रुपैयाँको सेयर किनबेच भएको छ ।
आइतबार उत्पादन बाहेक बैंङ्क, बिमा, लघुवित्त, वित्त, होटल, जलविद्युतलगायत सबैको सेयर मूल्य घटेको छ । मल्टिपपर्स फाइनान्स कम्पनी लिमिटेड र युनाइटेड फाइनान्स लिमिटेडका लगानीकर्ताले कमाएका छन् ।