आइतबार मात्रै १ करोड १६ लाख कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत, कसको कति (सूचिसहित)

हिमालयनको ४० लाख ५७ हजार २६५, सोल्टीको ६६ लाख ६१ हजार १६३, मिसन डेभलपमेन्टको ५ लाख ७१ हजार २०८ र साल्ट ट्रेडिङको ३ लाख ७ हजार ४२४ कित्ता रहेको नेप्सेले जानकारी दिएको छ ।

काठमाडौं । आइतबार मात्रै विभिन्न ४ कम्पनीको बोनस सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज(नेप्से) लिमिटेडमा सुचिकृत भएका छन् ।

हिमालयन बैङ्क, सोल्टी होटल्स लिमिटेड, मिसन डेभलपमेन्ट बैङ्क र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको गरी १ करोड १५ लाख ९७ हजार ६० कित्ता सेयर सुचिकृत भएको नेप्सेले जनाएको छ ।

हिमालयनको ४० लाख ५७ हजार २६५, सोल्टीको ६६ लाख ६१ हजार १६३, मिसन डेभलपमेन्टको ५ लाख ७१ हजार २०८ र साल्ट ट्रेडिङको ३ लाख ७ हजार ४२४ कित्ता रहेको नेप्सेले जानकारी दिएको छ ।

गत आर्थिक वर्षमा गरेको नाफाबाट कम्पनीहरुले सेयरधनीलाई वितरण गरेको बोनस सेयर सुचिकृत भएको हो । कम्पनीहरुले पुँजी बढाउन सेयरधनीलाई बोनस सेयर वितरण गरेका हुन् ।