एनएलजी इन्स्योरेन्सले पुँजी बढाउन बोलायो विशेष साधारणभा, ६० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

कम्पनीको चुत्तापुँजी ६४ करोड ४ लाख रुपैयाँ रहेको छ । हकप्रद निष्कासनपछि पुँजी बढेर १ अर्ब २ करोड ४६ लाख रुपैयाँ पुग्ने छ ।

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले पुँजी बढाउने भएको छ । कम्पनीले चुत्तापुँजी बढाउन जेठ १४ गते विशेष साधारणसभा बोलाएको छ ।

एनएलजीको गत शुक्रबार बसेको २७२ औं सञ्चालक समिति बैठकले चुत्तापुँजी बढाउन ६० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न विशेष साधारणसभा बोलाउनले निर्णय गरेको हो ।

कम्पनीको चुत्तापुँजी ६४ करोड ४ लाख रुपैयाँ रहेको छ । हकप्रद निष्कासनपछि पुँजी बढेर १ अर्ब २ करोड ४६ लाख रुपैयाँ पुग्ने छ । नियामक बिमा समितिले निर्जीवन बिमा व्यवसाय गर्ने कम्पनीको चुत्तापुँजी न्युनतम १ अर्ब रुपैयाँ तोकेपछि कम्पनीले हकप्रद सेयर निष्कासन गरेर बढाउन लागेको हो ।

असारसम्मको समय दिएपनि कम्पनीले अगामी वर्ष मात्र न्युनतम पुँजी पुर्याउने भएको छ । अधिकाँश बिमा कम्पनीले पुँजी पुर्याउन सकेका छैनन् ।