सेयर बजारमा हरियाली, १३ सय अङ्कमा नेप्से

सोमबार नेप्सेका सबै परिसूचकमा हरियाली छाएको छ । सोमबार बैङ्क तथा वित्त, जलविद्युत्, उत्पादन, बिमा, लघुवित्त, होटल व्यापार सबैको सेयर मूल्य बढेको छ । सोमबार ६३ करोड ३६ लाख ५३ हजार रुपैयाँ बराबरका २० लाख ७५ हजार ४० कित्ता सेयर किनबेच भएको छ ।

काठमाडौं । साताको पहिलो आइतबार दिन सेयर बजारमा गिरावट आएकोमा दोस्रो दिन २१.७३ अङ्कले बढेको छ । सेयर बजार बढेर नेप्से परिसूचक १ हजार २९९ अङ्कमा पुगेको छ । आइतबार बजार १६.७१ अङ्क घटेको थियो ।

सोमबार नेप्सेका सबै परिसूचकमा हरियाली छाएको छ । सोमबार बैङ्क तथा वित्त, जलविद्युत्, उत्पादन, बिमा, लघुवित्त, होटल व्यापार सबैको सेयर मूल्य बढेको छ । सोमबार ६३ करोड ३६ लाख ५३ हजार रुपैयाँ बराबरका २० लाख ७५ हजार ४० कित्ता सेयर किनबेच भएको छ ।

शिवम् सिमेन्ट लिमिटेड र जनता बैङ्कको सबैभन्दा बढी सेयर कारोबार भएको छ । शिवमको प्रतिकित्ता ३८८ रुपैयाँमा ४ करोड ९४ लाख १५ हजार रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै जनताको पनि प्रतिकित्ता २०७ रुपैयाँमा ३ करोड ८६ लाख रुपैयाँको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

बजार बढ्दा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र मल्टिपर्पोस फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले कमाएका छन् ।