नेपालबाट बेलुका ८ः४५ मा उडेर आबुधाबी एयरपोर्टमा बेलुका ११ः४५ बजे अवतरण गर्ने जहाजका यात्रीका लागि व्यवस्था गरेको बस १ बजे आबुधाबी एयरपोर्टबाट दुबईका लागि छुट्नेछ । त्यसैगरी आबुधाबी एयरपोर्टबाट बिहान १ः४५ मा नेपाल उड्ने जहाजमा यात्रा गर्ने यात्रीलाई दुबईस्थित सिटि सेन्टर पछाडिको फ्री पार्किङमा बसको व्यवस्था गरेको छ ।
काठमाडौं । हिमालय एयरलाइन्सले आफ्ना यात्रुलाई आबुधाबी एयरपोर्टदेखि दुबईसम्म आउँदा र जाँदा बसको सुविधा सुरु गरेको छ । नेपाल आउने र जाने आफ्ना यात्रुको सेवा सुविधालाई मध्यनजर गर्दै दुबईमा रहेके सिटी सेन्टर पछाडिको फ्री पार्किङबाट आबुधाबी एयरपोर्टसम्म बसको व्यवस्था गरेको हो ।
नेपालबाट बेलुका ८ः४५ मा उडेर आबुधाबी एयरपोर्टमा बेलुका ११ः४५ बजे अवतरण गर्ने जहाजका यात्रीका लागि व्यवस्था गरेको बस १ बजे आबुधाबी एयरपोर्टबाट दुबईका लागि छुट्नेछ । त्यसैगरी आबुधाबी एयरपोर्टबाट बिहान १ः४५ मा नेपाल उड्ने जहाजमा यात्रा गर्ने यात्रीलाई दुबईस्थित सिटि सेन्टर पछाडिको फ्री पार्किङमा बसको व्यवस्था गरेको छ ।
उक्त बस त्यहाँबाट बेलुका ठिक ७ः४५ बजे आबुधाबी एयरपोर्टका लागि छुट्ने हिमालय एयरलाइन्सका जीएसए फिस्टेल ट्राभल्स एन्ड टुरिजम एलएलसीका सञ्चालक ठाकुरप्रसाद ढुङ्गानाले जानकारी दिएका हुन् । हिमालय एयरलाइन्सले योभन्दा पहिले यूएईको दुबईबाट पनि उडान गरिरहेको थियो, तर केही प्राविधिक कारणले दुबईबाट केही समयका लागि उडान गरेको छैन ।
हिमालय एयरलाइन्सले दुबई, साउदीको दम्माम, मलेसिया र कतारका लागि उडान गरिरहेको छ ।