क्यापिटलसँग कुरा गर्दै संयोजक बैद्यले सात ओटै प्रदेशको पर्यटकीय क्षेत्रको सम्भावना एकिन गरी लगानी भित्र्याउने उद्देश्य रहेको बताए । पर्यटनका लागि नेपाल प्रचुर सम्भावना भएको देश भएपनि आवश्यक पूर्वधार नभएकै कारण समस्या भएको बताउँदै देश र विदेशबाट लगानी भित्र्याउने तयारी भएको उनको भनाइ छ ।
काठमाडौं । भ्रमण वर्ष २०२० लाई लक्षित गरी आगामी असोजमा पर्यटन लगानी सम्मेलन २०१९ हुने भएको छ । पर्यटन क्षेत्रमा लगानी बढाउने उद्देश्यले पर्यटन लगानी सम्मेलनको आयोजना गर्न लागिएको भ्रमण वर्ष २०२० का संयोजक सुरज बैद्यले जानकारी दिए ।
क्यापिटलसँग कुरा गर्दै संयोजक बैद्यले सात ओटै प्रदेशको पर्यटकीय क्षेत्रको सम्भावना एकिन गरी लगानी भित्र्याउने उद्देश्य रहेको बताए । पर्यटनका लागि नेपाल प्रचुर सम्भावना भएको देश भएपनि आवश्यक पूर्वधार नभएकै कारण समस्या भएको बताउँदै देश र विदेशबाट लगानी भित्र्याउने तयारी भएको उनको भनाइ छ ।
पहिलो प्राथमिकतमा देशभित्रकै उद्योगीहरुलाई राखिने र उनिहरुबाट सम्भव नभएमा मात्रै विदेशी लगानीकर्तालाई भित्र्याउने तयारी रहेको उनले बताए । नेपालका उद्योगी व्यवसायीहरु लगानी गर्न तयार रहेपनि सरकारले पूर्वधार निर्माण नगरिदिएको र लगानीका लागि वातावरण नबनाएको भन्दै पर्यटन लगानी सम्मेलनले त्यस्को बाटो खुला गर्ने जानकारी दिए ।
पछिल्लो समय धेरै विदेशीहरुको रोजाईमा नेपाल परेको भएपनि यहाँको पूर्वधार विकासमा भएको ढिलाईको कारण पर्याप्त मात्रामा पर्यटकहरु आउन नसकेको उनको ठम्याई रहेको छ । पर्यटकीय पूर्वधार निर्माणका लागि सातै प्रदेश र स्थानीय तहसँगको समन्वयमा सम्भाव्यता अध्ययन गरी निश्चित समयका लागि त्यहाँको ठाउँ सदुपयोगका लागि दिइने छ ।
त्यसका लागि स्थानीय तह, प्रदेश र केन्द्र सरकारले आवश्यक समन्वय र सहकार्य गर्ने छ । साथै पर्यटकीय क्षेत्रमा लगानी भित्र्याउनका लागि छिमेकी मुलुक चीन र भारतलाई पनि प्राथमिकतमा राख्ने तयारी गरेको छ ।
त्यस्का लागि संयोजक बैद्य केही समयमै चीन भ्रमणमा जान लागेका छन् । चीनबाट बुद्धिष्ट पर्यटकहरु नेपालमा कसरी ल्याउन सकिन्छ र लगानी बढाउन कस्ता योजनाहरु अगाडी सार्ने विषयमा त्यहाँका अधिकारीहरुसँग उनले छलफल गर्ने छन् ।
यस्तै आगामी बिहिबारबाट प्रधानमन्त्री केपी शर्मा ओलीको भेतनाम र कम्बोडियाको भ्रमणको समयमा पनि त्यस क्षेत्रबाट लगानी भित्र्याउनका लागि पहल हुने जनाएको छ । प्रधानमन्त्री ओलीसँगै संयोजक बैद्य पनि ती देशहरुको भ्रमणमा जाने निश्चीत भएको छ ।
उनले त्यहाँका अधिकारीहरुसँग भ्रमण वर्ष २०२०मा धेरैभन्दा धेरै पर्यटकहरु नेपालमा ल्याउन के गर्न सकिन्छ भन्ने विषयमा त्यहाँका अधिकारीहरु र ट्राभल एजेन्सीहरुसँग छलफल गर्ने जानकारी दिएका छन् । सरकारले २०२० लाई भ्रमण वर्षको रुपमा मनाउने र २० लाख पर्यटक भित्र्याउने तयारी गरिरहेको छ ।