इन्फिनिटी लघुवित्तले आईपीओ निष्कासन गर्ने

संस्थाले ६ करोड ७४ लाख रुपैयाँ बराबरको ६ लाख ७४ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले ६ करोड ७४ लाख रुपैयाँ बराबरको ६ लाख ७४ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

नेपाल धितोपत्र बोर्डले संस्थालाई आईपीओ निष्कासन गर्न स्वीकृति प्रदान गरेको छ । संस्थाले चुक्तापुँजीको ३२.५० प्रतिशत आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा सिभिल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।