लिवर्टी इनर्जीले ३७ करोड ५० लाखको आईपीओ निष्कासन गर्ने

कम्पनीले ३७ करोड ५० लाख रुपैयाँ बराबरको ३७ लाख ५० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

काठमाडौं । लिवर्टी इनर्जी कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले ३७ करोड ५० लाख रुपैयाँ बराबरको ३७ लाख ५० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासनका लागि आवेदन दिएको छ । आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा एनआईबीएल क्यापिटिल लिमिटेड रहेको छ । कम्पनीले २५ मेगावाटको दोर्दीखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।