स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड, जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेड र इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्न लागेका हुन् ।
काठमाडौं । दुई साताभित्रै ३ ओटा लघुवित्त संस्थाको साधारण सेयर (आईपीओ) आउने भएको छ । स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड, जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेड र इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्न लागेका हुन् ।
३ ओटा लघुवित्तले १३ करोड ३५ लाख ९१ हजार रुपैयाँ बराबरको १३ लाख ३५ हजार ९१० कित्ता आईपीओ निष्कासन गर्नेछन् । यी मध्ये जनसेवीले ४ करोड ६३ लाख ३० हजार रुपैयाँ बराबरको ४ लाख ६३ हजार ३०० र स्वाबलम्बनले १ करोड ९८ लाख ६१ हजार रुपैयाँ बराबरको १ लाख ९८ हजार ६१० कित्ता आईपीओ आउँदो शुक्रबारदेखि निष्कासन गर्ने भएका छन् ।
यस्तै इन्फिनिटीले ६ करोड ७४ लाख रुपैयाँ बराबरको ६ लाख ७४ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डले संस्थालाई आईपीओ निष्कासन गर्न स्वीकृति प्रदान गरेको छ ।
संस्थाले चुत्तापुँजीको ३२.५० प्रतिशत आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा सिभिल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।