सद्भावना दूतमा नियुक्त भएका जोहान पर्यटन उद्यमी, ट्राभल एन्ड ट्रेडका अगुवा, मिडिया प्रोफेसर र युवा नेताका रुपमा परिचित छन् । बीबीसी, सीएनएन, डिस्कभरी र नेसनल जियोग्राफिक च्यानलसहित विश्वव्यापी रूपमा अग्रस्थानमा रहेका मिडियाहरुले समेत उनको विषयमा प्रचार गरेका थिए ।
काठमाडौं । स्विडेनका पर्यटन व्यवसायी जोहान इस्ट्रन निलसनलाई भ्रमण वर्ष २०२० का लागि सद्भावना दूतका रुपमा नियुक्त गरिएको छ । पर्यटन क्षेत्रमा ख्याति कमाएका जोहानलाई भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यले सद्भावना दूतमा नियुक्त गरेका हुन् ।
सद्भावना दूतमा नियुक्त भएका जोहान पर्यटन उद्यमी, ट्राभल एन्ड ट्रेडका अगुवा, मिडिया प्रोफेसर र युवा नेताका रुपमा परिचित छन् । बीबीसी, सीएनएन, डिस्कभरी र नेसनल जियोग्राफिक च्यानलसहित विश्वव्यापी रूपमा अग्रस्थानमा रहेका मिडियाहरुले समेत उनको विषयमा प्रचार गरेका थिए ।
सद्भावना दूतमा नियुक्तिपछि जोहानले अवसरका लागि नेपाल सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् । उनले नेपालको पर्यटन क्षेत्रको विकासमा सहयोग गर्न तयार रहेको बताउँदै भ्रमण वर्ष २०२० मा पर्यटक भित्र्याउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
सरकारले २०२० लाई भम्रण वर्षका रुपमा मनाउने र २० लाख पर्यटक भित्र्याउने तयारी गरेको छ । सोही तयारीअनुसार विश्वभरका विभिन्न ख्यातिप्राप्त व्यक्तित्वहरुलाई सद्भावना दूतमा नियुक्ति गरी प्रचार गर्ने अभियानलाई अगाडि सारिएको हो ।